Message From Chairman
आदरणीय आरकेडी होल्डिंग्स लिमिटेडका आठौँ वार्षिक साधारण सभाका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, अतिथि महानुभावहरू कम्पनीका सञ्चालक एवम् पदाधिकारीहरू, सम्पूर्ण शेयरधनी महानुभावहरू, पत्रकार मित्रहरू, व्यवस्थापन समूह र सम्पूर्ण कर्मचारी पङ्क्ति प्रति हार्दिक अभिवादन अर्पण गर्दछु।
आरकेडी होल्डिंग्स लिमिटेडको तर्फबाट अध्यक्षको हैसियतले यस वार्षिक साधारण सभामा तपाईँहरू सबैलाई हार्दिक स्वागत गर्न पाउनु मेरो लागि सौभाग्य हो भन्ने ठान्दछु।
आदरणीय महिला एवं सज्जन वृन्द,
आज हामी, कम्पनीको विगत वर्षको यात्रा सम्झन, हाम्रो सामूहिक प्रयासले हासिल गरेका उपलब्धिहरूको उत्सव मनाउन र आगामी दिनहरूका लागि कम्पनीको समृद्ध भविष्य र दूर दृष्टिबारे विचार विमर्श गर्न यस साधारण सभामा उपस्थित भएका छौँ । यस सभा कम्पनी सञ्चालनका सबै पक्षहरूमा पारदर्शिता, नवीनता र उत्कृष्टता प्रतिको हाम्रो अटल प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने भरपर्दो अवसरका रूपमा लिएको छु, जसले हामीलाई अझ दृढ र समर्पित भएर अघि बढ्न प्रेरणा दिन्छ ।
सिंहावलोकन
आरकेडी होल्डिंग्स लिमिटेड अद्यावधिक, गतिशील र बहु आयामिक नवप्रर्वतकिय एक होल्डिङ कम्पनी हो, जुन प्रोजेक्ट बैङ्कको अवधारणा अन्तर्गत इन्जिनियरिङ, प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन, लगानी तथा परियोजना व्यवस्थापन (EPCIPM) मार्फत पर्यटन, पूर्वाधार, रोपवे, हस्पिटालिटी, ऊर्जा, सूचना तथा प्रविधि, कृषि तथा मलखाद, स्टिल, खनिज र अन्य औद्योगिक पूर्वाधारजस्ता उच्च सम्भावना भएका क्षेत्रहरूमा रणनीतिक रूपमा क्रियाशील रहेको छ । हामी प्रोजेक्ट बैङ्क मार्फत सतत विकासलाई प्रोत्साहन गर्ने, उद्यमशील कनेक्टिभिटी विस्तार गर्ने र दीर्घकालीन आर्थिक समृद्धिमा योगदान पुर्याउने उद्देश्यका साथ प्रमुख उद्योगहरूको विकासमा लाग्नको लागि प्रतिबद्धतापूर्वक सङ्गठित भएका छौँ।
सम्झनुपर्दछ कि कम्पनी सँग सम्पत्ति को रूपमा रहेको जग्गा जमिन नियमित कारोबारको लागी व्यापारिक मौज्दातको रूपमा राखिएको होइन । यो कम्पनी लगानी एवं प्रोजेक्ट व्यवस्थापन गर्ने सेवामूलक कम्पनी हो भनेर बजारमा आफूलाई प्रस्तुत गरेको छ । अचल सम्पत्ति लाई लगानी ब्याक अप को रूपमा राखेको छ । आवश्यक पर्दा बहुआयामिक ढङ्गले यसको समुचित प्रयोग गर्ने रणनीति पनि बोकेको छ । कम्पनी आफ्नो दृष्टिकोण विकासलाई सतत:”निरन्तर” (Continuous), “लगातार” (Uninterrupted), “सदैव” (Always) वा “अविरल” (Without break) ढङ्गले विकसित एवं परिष्कृत गर्दै आफूलाई अझ व्यापक बनाउने योजना तय गरिसकेकोछ ।
दृष्टिकोण
स्वयं र प्रवद्र्धित कम्पनीहरूको लगानी एवं व्यवस्थापनको माध्यमबाट बहुआयामिक लाभ हासिल गर्ने गरी अद्यावधकिय प्रवर्तकित वित्तीय उपकरणहरू र नवप्रवर्तन सोचको अधिकतम खोज गरी तिनीहरूलाई “प्रोजेक्ट सोकेस भण्डार” (बैङ्क) मार्फत अधिकतम उपयोग गर्दै समुदायहरूको सामाजिक आर्थिक परिवर्तनमा योगदान पुर्याउने खालका अत्याधुनिक वित्तीय इन्फ्रास्ट्रक्चर,पर्यटन र वास्तविक क्षेत्रका परियोजनाहरूको विकासमा अग्रणी र विश्वसनीय लगानी एवं व्यवस्थापकीय साझेदार गर्दै, बहुआयामिक ढंगले आर्जित आम्दानी मार्फत शेयर धनीको आर्थिक स्वतन्त्रता सुनिश्चित गर्नु हो।
परिलक्ष्य
मुख्य क्षेत्रहरूमा रणनीतिक वित्तीय तथा विविध सम्पत्ति व्यवस्थापन र परिचालन उत्कृष्टताको माध्यमबाट उत्कृष्ट लगानी प्रतिफल प्रदान गर्ने । उत्पादक मूलक पूर्वाधार विकासमा नवीनता र सतततालाई अनुसरण गर्दै ,सहरी तथा ग्रामीण क्षेत्र बिचको सम्पर्क विस्तार (कनेक्टिभिटी) का लागि प्रभावकारी र निर्बाध समाधानहरू प्रदान गर्दै, घरेलु तथा अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आकर्षित गर्ने अनौठा अनुभव र कुशल सेवाहरू सिर्जना गर्दै, अर्काे पुस्ताको लगानी क्षेत्रलाई सशक्त रूपमा समर्थन गर्ने।
मूल्य मान्यताहरु
१. सततता : सम्पूर्ण व्यावसायिक क्रियाकलापहरूमा वातावरणमैत्री अभ्यास र सामाजिक उत्तरदायित्व प्रति दिगो प्रतिबद्धता जनाउने।
२. नवीनता : प्रोजेक्ट बैङ्कको अवधारणा अन्तर्गत इन्जिनियरिङ, प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन, लगानी तथा व्यवस्थापन (EPCIPM) मा देखा पर्ने चुनौतीहरूको समाधानका लागि अत्याधुनिक प्रविधि र रचनात्मक दृष्टिकोणको अवलम्बन गर्ने।
३. उत्कृष्टता : दीर्घकालीन मूल्य सिर्जनामा केन्द्रित रहँदै सम्पूर्ण परियोजनाहरू तथा सहायक र सम्बद्ध कम्पनीहरूमा उच्चस्तरीय गुणस्तर सुनिश्चित गर्ने।
४. सहकार्य : सरकार, निजी क्षेत्र, समुदायहरू र अन्तर्राष्ट्रिय व्यापारिक एवं वित्तीय सङ्घसंस्था सँग सशक्त साझेदारी स्थापना गरी समावेशी र सतत विकासलाई प्रवद्र्धन गर्ने।
उद्देश्यहरु
१. परियोजना सोकेस भण्डार स्थापना गरी उद्योग एवं परियोजनाहरूमा लगानी एवं परियोजनाको शेयर खरिद बिक्री गर्ने।
२. पूर्वाधारसम्बन्धी रोपवे, ई यातायात, पर्यटकीय एवं आवासीय पूर्वाधार, सूचना,सञ्चार तथा प्रविधि, पूर्वाधार, कृषि तथा ऊर्जा पूर्वाधार, होटेल, रिसोर्ट, भिल्ला, व्यापारिक कम्प्लेक्स, कोलोनी, औद्योगिक पूर्वाधार आदि पूर्वाधार निर्माणका जग्गाहरूको विकासको लागि इञ्जीनियरिंग, प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन, र आवश्यक पुँजी लगानीको लागी प्रोजेक्ट व्यवस्थापन गर्ने (EPCIPM) प्रकारको सेवा प्रदान गर्ने, प्रोजेक्ट निर्माण पश्चात् आंशिक वा पूर्ण प्रकारले बिक्री वितरणमार्फत मुनाफा आर्जन गर्ने।
३. पर्यटकीय, औद्योगिक तथा अन्य पूर्वाधारसम्बन्धी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने, लगानी गर्ने, र प्रोजेक्ट व्यवस्थापन गर्न परामर्श सेवा प्रदान गर्ने।
४. परियोजनाहरूका अंशको फ्री–होल्ड, लिज–होल्ड, लिज र स्वामित्व–होल्ड, लगायतका हाइब्रिड बिक्री योजना अनुरूप “परियोजना सोकेस भण्डार”मा प्रदर्शन गर्ने र परियोजनाहरूको बिक्री वितरण सहित परियोजनाहरूको समग्र निर्माण व्यवस्थापन एवं लगानी साझेदारी समेत गर्ने।
५. सम्पत्ति व्यवस्थापन तथा पर्यटकीय पूर्वाधार विकाससँग सम्बन्धित कम्पनीहरू प्रवद्र्धन तथा संवद्र्धन गर्ने । तिनीहरूको निर्माण क्षेत्रसँग सम्बन्धित परम्परागत तथा अत्याधुनिक मेशिन, उपकरण, स्रोतसाधन र परिवहन साधनहरूमा लगानी गर्ने तथा त्यससम्बन्धी सेवा प्रदान गर्ने।
६. उत्पादक मूलक पूर्वाधार, पर्यटन, कृषि, ऊर्जा, मेटल, सूचना तथा प्रविधि, र अन्य वित्तीय प्रकृतिका सहायक, सम्बद्ध तथा संयुक्त उद्यम कम्पनीहरूको प्रवद्र्धन, संवद्र्धन तथा समुचित व्यवस्थापन गर्ने।
उद्देश्यहरु कार्यान्वयन गर्नका लागि यसको नेतृत्व, आर.के.डी. होल्डिंग्स मुख्य क्षेत्रहरूमा गहन विशेषज्ञता भएको अनुभवी नेतृत्व टोलीको नेतृत्वमा सञ्चालित छ । कम्पनीका कार्यकारीहरू सफल व्यवसाय निर्माणको इतिहास भएका उद्योग विशेषज्ञ हुनेछन्, जसले उद्यमी र कर्पोरेट अनुभवको कुशल मिश्रण ल्याउने क्षमता राख्दछन्।
तयारी
कम्पनीका रणनीतिक केन्द्रित आर्थिक क्षेत्रहरू उपयोग गर्दै : १. वास्तविक क्षेत्र (Real Sector) २. उत्पादनमूलक उद्योग (Real Industries) ३. पर्यटन, रोपवे ४. कृषि र उर्जा ५. सूचना तथा प्रविधि लगायतका क्षेत्र जस्को कम्पनीले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरी इन्जिनियरिङ, प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन, लगानी र परियोजना व्यवस्थापन (ईपीसीआईपिम) गरे वापत आर्जन गर्दछ ।
कार्य सम्पादनरत प्रमुख परियोजनाहरू
१. बन्दीपुर केबलकार परियोजना, तनहुँ
२. सिद्धगुफा केबलकार परियोजना, तनहुँ
३. परियोजना भण्डार ९एचयवभअत द्यबलप०, काठमाडौँ
४. ल्यान्ड भण्डार ९ीबलम द्यबलप०, काठमाडौँ
५. लर्ड बुद्ध इन्टरनेशनल टुरिजम गार्डेन, लुम्बिनी
६. ल्यान्ड पुलिङ परियोजना, पोखरा, चितवन, तनहुँ र लुम्बिनी
७. बन्दीपुर पर्यटन परियोजना, तनहुँ
८. बन्दीपुर स्काईवाक परियोजना, तनहुँ
९. मनोरञ्जन तथा साहसिक परियोजना, तनहुँ
१०. ट्विन्स टावर अपार्टमेन्ट परियोजना, पोखरा
११. बुढीमाँ छिम्केश्वरी कवलकार परियोजना, तनहुँ
१२. पंचासे केबलकार परियोजना, पोखरा
१३. होटेल हिमालटन परियोजना, काठमाडौँ
१४. “आदि योगी प्रज्ञा धाम”, तनहुँ
१५. बन्दीपुर–छिम्केश्वरी–आँबुखैरेनी पर्यटन सर्किट एवं कम्प्याक्ट जोन, तनहुँ
प्रारम्भिक सार्वजनिक निष्कासन (IPO)
आवश्यक तयारीहरू
कम्पनीले दिगो एवं रणनीतिक लक्ष्य पछ्याउने दृष्टि कोणको साथ एक अग्रगामी उद्यमी बन्ने कदमको रूपमा क्ष्एइ जारी गर्ने कम्पनीको निर्णयको महत्वलाई प्रतिबिम्बित गर्दछ । कम्पनी विगत तीन वर्ष पहिला देखी निरन्तर नाफा मा रहेको, अङ्कित मूल्य भन्दा बढी को नेटवर्थ (खुद सम्पत्ति) रहेको, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, इकमर्स, वास्तविक उत्पादक सेक्टर, कृषि,ऊर्जा, मनोरञ्जनात्मक गतिविधि, लगायतका कम्पनीहरू प्रवद्र्धन एवं ती कम्पनीहरू मा सम्बन्धन दिने दृष्टिकोण भएको, यसै गरी परियोजना भण्डार स्थापना गर्न र यसको लागी लगानी एव व्यवस्थापन समेत गरिरहेको, प्रयाप्त मात्रामा चुक्ता र जारी पुँजी रहेको, व्यापार मुनाफाको स्पष्ट मार्गचित्र भएको, बन्दीपुर परियोजनाको सफल लगानी एवं प्रोजेक्ट निर्माण व्यवस्थापन गरी आइपिओ सम्म को दिशा कार्यान्वयन समेत गर्ने सङ्घारमा रहेको, भविष्यमुखी उत्पादक मूलक उद्योगहरू सम्बद्ध कम्पनीहरूको रूपमा अन्य कम्पनीहरू सँग संयुक्त उद्यम ढाँचामा प्रवद्र्धन एवं संवद्र्धन गर्ने दृष्टिकोण बोकेको, कम्पनीको क्रेडिट वा इश्यूअर रेटिङ गर्दाको बखत समेत ती प्रयोजनहरू को सम्बोधन एवं सम्पादन गर्न बलियो अवस्थाको कम्पनीको सङ्केत हासिल गर्न क्षमता बोकेको र कम्पनीको दृष्टिकोण, परिलक्ष्य, लक्ष्य, उद्देश्य, मूल्य मान्यता र कार्यक्रम किफायती एवं स्पष्ट रहेकोले आईपीओको लागी सुयोग्य कम्पनीको रूपमा प्रस्तुत भएको छ ।
IPO घोषणा तथा उद्देश्य
आर.के.डी. होल्डिंग्स लिमिटेडले (IPO) को प्रक्रियाको लागि यो सभाको बिच बाट कम्पनीको एक प्रमुख माइल स्टोन घोषणा गर्न अवसर जुट्नु ठुलो गर्व र अपार प्रतिज्ञाको क्षण हो। जहाँ हामी सबै शेयर धनीहरू बधाईको लागी सुयोग्य पात्रहरू बनेका छौ। यस कदमले कम्पनीको लागी वित्तीय कोशे ढुङ्गा मात्र होइन अपितु नवप्रवर्तन, आर्थिक वृद्धि, र उद्योगहरूमा प्रतिफलमुखी लक्ष्य केन्द्रित लगानीका प्रभावहरू देखाउने हाम्रो दृष्टिकोणलाई पुनः पुष्टि गर्नु पनि हो।
आईपीओले होल्डिंग्स का रणनीतिक लक्ष्यहरूलाई गति दिन उत्प्रेरकको रूपमा काम गर्नेछ । सङ्कलित पुँजी मार्फत यस प्रकारका लक्ष्यहरू पूरा गर्नेछौँ ।
१. परियोजना सोकेस भण्डार स्थापना गरी उद्योग एवं परियोजनाहरूमा लगानी एवं परियोजनाको शेयर खरिद बिक्री गर्ने।
२. पूर्वाधारसम्बन्धी रोपवे, ई यातायात, पर्यटकीय एवं आवासीय पूर्वाधार ,सूचना,सञ्चार तथा प्रविधि पूर्वाधार, कृषि तथा ऊर्जा पूर्वाधार, होटेल, रिसोर्ट, भिल्ला, व्यापारिक कम्प्लेक्स, कोलोनी, औद्योगिक पूर्वाधार आदि पूर्वाधार निर्माणका जग्गाहरूको विकासको लागि इञ्जीनियरिंग, प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन, र आवश्यक पुँजी लगानीको लागी प्रोजेक्ट व्यवस्थापन गर्ने (EPCIPM) प्रकारको सेवा प्रदान गर्ने, प्रोजेक्ट निर्माण पश्चात् आंशिक वा पूर्ण प्रकारले बिक्री वितरणमार्फत मुनाफा आर्जन गर्ने।
३. पर्यटकीय, औद्योगिक तथा अन्य पूर्वाधारसम्बन्धी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर ) तयार गर्ने, लगानी गर्ने, र प्रोजेक्ट व्यवस्थापन गर्न परामर्श सेवा प्रदान गर्ने।
४. परियोजनाहरूका अंशको फ्री होल्ड, लिज होल्ड, लिज र स्वामित्व होल्ड, लगायतका हाइब्रिड बिक्री योजना अनुरूप “परियोजना सोकेस भण्डारणमा प्रदर्शन गर्ने र परियोजनाहरूको बिक्री वितरण सहित परियोजनाहरूको समग्र निर्माण व्यवस्थापन एवं लगानी साझेदारी समेत गर्ने।
५. सम्पत्ति व्यवस्थापन तथा पर्यटकीय पूर्वाधार विकाससँग सम्बन्धित कम्पनीहरू प्रवद्र्धन तथा संवद्र्धन गर्ने । तिनीहरूको निर्माण क्षेत्रसँग सम्बन्धित परम्परागत तथा अत्याधुनिक मेशिन, उपकरण, स्रोतसाधन र परिवहन साधनहरूमा लगानी गर्ने तथा त्यससम्बन्धी सेवा प्रदान गर्ने।
६. उत्पादक मूलक पूर्वाधार, पर्यटन, कृषि, ऊर्जा, मेटल, सूचना तथा प्रविधि, र अन्य वित्तीय प्रकृतिका सहायक, सम्बद्ध तथा संयुक्त उद्यम कम्पनीहरूको प्रवद्र्धन, संवद्र्धन तथा समुचित व्यवस्थापन गर्ने।
७. स्थानीय तथा अन्तराष्ट्रिय स्तरमा उदियमान बजारहरुमा लगानी विस्तार गर्ने ।
८. उन्नत प्रविधि तथा पूर्वाधारमा लगानी गरी कम्पनीको पूँजी परिचालन क्षमतालाई सुदृढ गर्ने।
९. पर्यटन, पूर्वाधार तथा उत्पादन मुखी क्षेत्रहरुमा क्रियाशील हाम्रा सहायक तथा सहयोगी कम्पनीहरुको प्रवद्र्घन सम्बद्र्घन गर्ने ।
कार्यहरु
कम्पनीको जारी पुँजी : तीन अर्ब एकाउन्न करोड रुपैयाँ मध्ये प्रवद्र्धकहरूको तर्फबाट दुई अर्ब सतहत्तर करोड उनन्तीस लाख रुपैयाँ पुँजी चुक्ता हुने तथा आईपीओ मार्फत सर्वसाधारणहरूको तर्फबाट त्रिहत्तर करोड एकहत्तर लाख रुपैयाँ पुँजी चुक्ता हुने गरी प्रबन्धन गरिनेछ ।
कम्पनीको इतिहास निरन्तर तीन वर्ष अघि देखी नाफा गएको, नेटवर्थ समेत मजबुत रहेको, सम्पत्ति पुनर्मूल्याङ्कन गर्दा अझ आकर्षक स्टेट्स देखिने भएता पनि नियमित प्रणाली मार्फत नै आईपीओ जारी गर्ने नीतिगत सोच बनाएको छ ।
यथाशक्य छिटो शेयर बिक्री प्रबन्धक नियुक्ति गर्ने गरी आवश्यक सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ । साथैकम्पनीले सर्वसाधारणहरूको लागी निष्कासन गर्ने सम्पूर्ण इकाई शेयरहरू बिक्री गर्ने प्रत्याभूति गर्नको लागि एक प्रत्याभूतिकर्ता कम्पनीलाई नियुक्ति गर्नेगरि आवश्यक सम्झौताको तयारी गरिएको छ । यसैगरी IPO निष्कासनको लागि आवश्यक पर्ने विवरण पत्र (Prospectus) तयार गर्न बिक्री प्रबन्धकको जिम्मेवारी रहने भएता पनि सूचना र सम्पर्क स्थापित गर्ने अभिप्रायका साथ तत्काल सम्पर्क विज्ञ समिति गठन गरिनेछ । यस समितिले बिक्री प्रबन्धक, प्रत्याभूतिकर्ता कम्पनीहरू तथा नियमन निकायहरूको प्रचलित कानुनी एवं नियामक अनुरूपका मापदण्डहरूसँग पूर्ण समन्वयमा रहेर विवरण पत्र तयार गर्न सघाउने छ । तयार पारिएको विवरण पत्रलाई औपचारिक रूपमा विधिवत धितोपत्र बोर्डमा पेस गरी सार्वजनिक निष्कासनको प्रक्रिया अघि बढाउने प्रक्रिया तालिका कम्पनीले तय गरेको छ ।
स्मरण रहनु पर्दछ, पर्यटन, पूर्वाधार र लगानी व्यवस्थापनका क्षेत्रमा होल्डिंग्स लिमिटेड निरन्तर अग्रसर रहँदै भविष्यलाई परिभाषित गर्ने उद्योगहरूको एक अग्रणी कम्पनीको रूपमा सदा अगाडि रहने नै छ । कम्पनीको यो आर्थिक वृद्धि यात्रा दीर्घकालीन मूल्य सिर्जनाका लागि नै लक्षित गरिएको हो र यो आईपीओ त्यस यात्राको अर्को स्वभाविक एवं रणनीतिक चरण हो।
हामीले यो बुझ्नु पर्दछ की, यो आईपीओ पुँजीको लागि मात्र होइन, यसले विश्वास, सहयोग, र प्रगति को लागी साझा दृष्टिकोणको बारेमा बिचार विमर्श गर्दछ । जब हामी अगाडि बढ्छौँ, हामी पारदर्शिता कायम गर्ने, निरन्तर कार्यसम्पादन गर्ने, र हाम्रा सबै सरोकारवालाहरूको हितलाई प्राथमिकता दिने वाचा गर्छौँ। अब हामी सँग सँगै, यस नयाँ अध्यायलाई साझा सफलता र दिगो प्रभावको कथामा परिणत गरौँ। आर.के.डी. होल्डिङ्सको भविष्य उज्यालो छ, र तपाईँको सहयोगले यो अझ उज्यालो हुनेछ ।
कम्पनीको दृष्टिकोण एवं एजेन्डाले हाम्रा उपलब्धिहरूको समीक्षा, चुनौतीहरूलाई सम्बोधन गर्ने र आगामी वर्षमा हामीलाई मार्गदर्शन गर्ने रणनीतिक पहलहरूबारे छलफल गर्नमा केन्द्रित गर्नेछ । हामी आज प्रमुख परियोजनाहरू, वित्तीय कार्यसम्पादन र सबै क्षेत्रहरूमा निरन्तर वृद्धि र नवीनताका लागि हाम्रा योजनाहरू बारे भइरहने अद्यावधिकहरू साझा गर्न उत्साहित भएका छौँ ।
कम्पनी अगाडि बढ्दै जाँदा थुप्रै प्रकार का उतार चढावहरू प्रकट भइरहन्छन्, कति त बुझ्न समेत कठिनाइ देखिन्छन्, यसर्थ पनि म तपाईँलाई सक्रिय रूपमा यसको प्रक्रियामा सहभागी हुन, आफ्नो अन्तर्दृष्टि साझा गर्न र प्रश्नहरू उठाउन प्रोत्साहन गर्छु। हामीले अझ बलियो र लचिलो आर.के.डी. होल्डिङ्स लिमिटेड निर्माण गर्न अविच्छिन्न रूपमा प्रयास जारी राख्दा तपाईँहरूको रचनात्मक एवं अनुगमनात्मक योगदानहरू उत्तिकै महत्वपूर्ण हुनेछन् भन्ने मैले बुझेको छु।
आगामी कार्यदिशा
क. कम्पनीहरूको प्रवद्र्धन समिक्षा :
कम्पनीको अधीनस्थ एवं नेतृत्वमा रहने गरी कम्पनी, सहायक कम्पनीहरु, सहायकको पनि सहायक कम्पनीहरु, सहायकको पनि सम्बद्ध कम्पनीहरु र अन्तरसम्बन्धित कम्पनीहरु सम्मिलित एक कम्पनी समूह रहने छ । यससँगको सघन सहकार्यमा कम्पनी प्रवद्र्धन गरी निजहरू सँग एक अविभाज्य सङ्घात्मक व्यवस्थापन प्रणाली तयार गरी एकिकृत व्यवस्थापनको नीति अवलम्बन गर्दै सफल संस्थाको रुपमा एक सिद्धान्त देखि विकासको हाई लाइट प्रस्तुत गरिएको छ ।
फ्लागशिप कम्पनीको रूपमा, वित्तीय उपकरणहरू अधिकतम प्रयोग र व्यवस्थापन गर्नको लागी टुरिजम ईन्भेष्मेन्ट फण्ड, हस्पिटालिटी, होटेल, रोपवे एवं कवलकारको प्रवद्र्धन एवं सम्बन्धन दिन बन्दीपुर कवलकार एण्ड टुरिजम लिमिटेड, टुरिजम एवं रेसिडेन्स अपार्टमेन्टको प्रवद्र्धन एवं सम्बन्धन दिन ट्विन्स टावर अपार्टमेन्ट, यसै गरी सम्पूर्ण ट्रेडिंग कारोबार सम्मको प्रवद्र्धन एवं सम्बन्धन दिन ट्रेडिंग प्रकृतिको होल्डिंग्स कम्पनी आरकेडी इम्पोर्ट एण्ड एक्सपोर्ट, विद्युतीय कारोबार प्रणाली मार्फत गर्ने व्यापार, सूचना, सञ्चार तथा प्रविधि सम्मको प्रवद्र्धन एवं सम्बन्धन दिन सोही प्रकृतिको होल्डिंग्स कम्पनी बिजबजार लिमिटेड, कृषि सम्बन्धी कार्य देखी केमिकल फर्टिलाइजर प्लान्ट सम्म प्रवद्र्धन एवं सम्बन्धन दिन कृषि प्रकृतिको होल्डिंग्स कम्पनी, मेटल, स्टिल, आल्मूनियम, यस सम्बन्धी पूर्वाधारहरू, निर्माण सामग्री, र क्याप्सुल होम सम्मको प्रवद्र्धन एवं सम्बन्धन दिन स्टिल इंडस्ट्रीजÞ प्रकृतिको होल्डिंग्स कम्पनी, जलस्रोत, हाइड्रो, ऊर्जा र ऊर्जामूलक इन्धन सम्मको प्रवद्र्धन एवं सम्बन्धन दिन ऊर्जा प्रकृतिको होल्डिंग्स कम्पनी, उत्पादनमूलक कलकारखाना प्रवद्र्धन एवं सम्बन्धन दिन औद्योगिक कार्य गर्ने प्रकृतिको होल्डिंग्स कम्पनी, र जमिन– जग्गा, हाउजिङको प्रवद्र्धन एवं सम्बन्धन दिन रियल स्टेट प्रकृतिको होल्डिंग्स कम्पनी सहितको विधागत कम्पनीहरू संस्थापन गरी निजहरू लाई समेत अनिवार्य संलग्न गराई प्रोजेक्ट सोकेस भण्डार (बैङ्क) बिक्री कक्ष बन्ने गरी बृहत् आर्थिक प्रणाली निर्माण गर्न रणनीतिको कार्यान्वयन तीव्र गतिमा गरिरहेको छ ।
ख. रणनीति
आर्थिक वृद्धिका परिलक्ष्यहरू :
१. कम्पनीले आफनो दृष्टिकोण र परिलक्ष्य हासिल गर्नगरि स्थापना कालखण्डमा परिस्थिति अनुरुप तयार भई लागू गरिएको सैद्ददांत्तिक दिग्दर्शन (COOP2GOVS) “को–अप२गोभ्स” लाई समय सान्दर्भिक रुपमा विकसित गर्दै, सहायक तथा संबद्ध कम्पनीहरूसँग समेत कारोबार गर्न मिल्ने उपयुक्त संस्थागत कानूनी ढाँचाको संरचनामा रूपान्तरण गर्ने निष्कर्षमा पुगेको छ
२. बिकसित (COOP2GOVS) “को–अप२गोभ्स” को अवधारणाले समग्र देश र अर्थतन्त्रको जग बसाउने आधारस्तम्भ उद्यमशीलताको बिकासकालागी उठेका र उठने तमाम खाले प्रश्नहरुको चुस्त ढंगले उत्तर दिन सक्षम हुनेछ। र कम्पनी समूह लाई एकीकृत र बलियो बनाउने छ।
३. कम्पनीले टुरिजम ईन्मेष्टमेन्ट फण्ड लिमिटेडको माध्यमद्वारा वित्तीय उपकरणहरूको अधिकतम प्रयोग गर्दै सहायक, संबद्ध तथा लगानी कम्पनीहरूको प्रवर्धन गर्नेछ । यसमार्फत पूँजीगत लाभ र नियमित लाभांश प्राप्त गर्ने दोहोरो प्रतिफल आर्जन गर्ने रणनीति अंगाल्ने छ ।
४. यसैगरी कम्पनीले रियल सेक्टर, पर्यटन, हस्पिटालिटी, उद्योग, ट्रेडिङ, सूचना, संचार तथा प्रबिधि, ई–कमर्स, ट्रेडिंग, रोपवे र केबलकार, मेटल एबं स्टील, पूर्वाधार निर्माण, इन्जिनियरिङ, प्रोक्योरमेन्ट, कर्पाेरेट व्यवस्थापन, कृषि तथा ऊर्जारहाइड्रो क्षेत्रमा विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गरी, आफ्नो स्वामित्वमा रहने गरि प्रोजेक्ट सोकेश भण्डार (बैंक) तयार गरि इच्छुक लगानीकर्तालाई मार्जिन राखि परियोजनाहरू बिक्री गर्दछ ।
५. प्रोजेक्ट सोकेश भण्डार (बैंक) मार्फत बिक्री गरिएका परियोजनाहरूमा टुरिजम ईन्मेष्टमेन्ट फण्ड लिमिटेड मार्फत लगानी गरिनेछ जसले कम्पनीलाई विभिन्न आम्दानी स्रोतहरू सृजना गराउने कार्य गर्दछ ।
६. कम्पनीले कर्पोरेट अभ्यासमार्फत आर्जित बौद्धिक सम्पत्तिहरू सेवाग्राही कम्पनीहरूलाई बिक्री गरी आयआर्जनको दायरा फराकिलो गर्दै जानेछ ।
७. बौद्धिक सम्पत्ति बिक्रीको प्रतिफलस्वरूप कम्पनीले ती कम्पनीहरूमा पसिना स्वपूँजी (Sweat Equity) स्वरूप स्वामित्व प्राप्त गर्नेछ, जसबाट नियमित लाभांशको साथै दीर्घकालीन पूँजीगत लाभ प्राप्त गर्ने गरि दोहोरो फाइदा उठाउने रणनीतिक उद्देश्य लिएकोछ ।
८. स्थानीय विस्तार : नेपालभरीका प्रमुख शहर हरुमा सेवा / उत्पादनको पँहुच बढाउने।
९. अन्तर्राष्ट्रिय प्रवेश : गैर आवसीय नेपली हरु संग मिलेर सम्बन्धित देशहरुमा पाइलट प्रोजेक्ट सुरु गर्ने ।
१०. ब्रान्डिङ : डिजिटल मार्केटिङ, स्थानीय साझेदारी र ग्राहक बिश्वास निर्माण गर्ने ।
स्पष्ट दृष्टि र मिसन (Vision & Mission)
– कम्पनीको दीर्घकालीन लक्ष्य बजारमा अग्रणी बन्ने, नवीनतम प्रविधि अपनाउने, नव प्रवर्तनमा केन्द्रित रही गुणात्मक लाभ लिने हुनेछ ।
– मिसन (Mission) ले कम्पनीको मूल उद्देश्य, सेवा वा उत्पादनको दिशा स्पष्ट पार्न‘पर्छ सोही अनुरूप उद्देश्यहरू तयार गर्नेछ ।
रणनीतिक उद्देश्यहरु (Strategic Objectives)
– वित्तीय लक्ष्य (Revenue Growth, Profit Margin, Investment Plans) ।
– बजार विस्तार (Market Expansion : नयाँ भूगोल, ग्राहक वर्ग, उत्पादन विविधता ) ।
– प्रविधि र नवीनता (Technology Adoption, R&D, Digital Transformation) ।
– नवप्रवर्तन बिचार (Innovative Thinking)
– सामाजिक उत्तरदायित्व (CSR, Sustainability, ESG Goals) ।
कार्यान्वयन योजना (Implementation Plan)
– अल्पकालीन, मध्यकालीन र दीर्घकालीन चरणमा विभाजन गर्ने।
– प्राथमिकताका क्षेत्रहरु जस्तै : उत्पादन क्षमता बढाउने, ब्रान्डिङ, मानव संसाधन विकास ।
– प्रत्येक योजनाको लागि समय रेखा (Timeline) र बजेट विनियोजन ।
जोखिम व्यवस्थापन (Risk Management)
– आर्थिक, प्रविधि, प्रतिस्पर्धा, राजनीतिक आदि जोखिमहरूको विश्लेषण ।
– जोखिम न्यूनीकरणका उपायहरू ( जस्तै : विविधीकरण, ब्याक अप प्लान ) ।
प्रदर्शन मापन (Performance Metrics)
– KPI (Key Performance Indicators) तय गर्ने (जस्तै : ROI, Market Share, Customer Satisfaction) ।
– नियमित मूल्याङ्कन र समीक्षा (Quarterly / Annual Reviews) गर्ने प्रणाली ।
हितधारक संवाद (Stakeholder Communication)
– शेयरधनी, कर्मचारी, ग्राहक र नियामक निकायहरूसँग पारदर्शी ढङ्गले रणनीतिक संवाद गर्ने।
– कम्पनीको हितअनुकूल कार्य गर्न कम्पनीले बाह्य विशेषज्ञ ९ऋयलकगतिबलतक० सँग सल्लाह लिने। लचिलोपन ९ँभिहष्दष्ष्तिथ० राख्ने, ताकि बजार परिवर्तन अनुसार समायोजन गर्न सकियोस्दी ।
र्घकालीन मार्गचित्र (२०२५–२०३६)
– प्रथम चरण (२०२५–२०२७) : बजार विस्तार र ब्रान्डिङ
– दोस्रो चरण (२०२७–२०३०) : प्रविधि र नवीनता
– तेस्रो चरण (२०३१–२०३५) : स्थायित्व र ऋक्च्
ग. कार्यनीति :
१. OIOBSS: (Offering Investment Ownership & Business Sharing Strategy) कार्यक्रम जसको अर्थ हो कम्पनीले कुनै उपयुक्त लगानीकर्तालाई परियोजनाको लागी लगानी प्रस्ताव गर्नेछ, इच्छुक रहेमा लगानीकर्ताको रूपमा परियोजनामा लगानी गराउने छ, लगानी सँगै लगानीकर्ताले कम्पनी सँग लगानी अनुरूपको व्यापारिक सम्पत्ती प्राप्त गर्दछ र सोको स्वामीत्व लिएर सञ्चालन गरे बापत प्राप्त हुने व्यापारको रेभिन्यु कम्पनी सँग शेयर गरी नियमित आमदानी गर्नेछ , लगानीकर्ताले शेयर लगानी गरे बापत नियमित कम्पनी बाट प्राप्त हुने सुविधा, बोनस वा लाभांश पनि लीन पाउनेछ र लगानीकर्ताले भविष्यमा कम्पनीको शेयरको मूल्य वृद्धि हुँदाको बखतको बजारमा बिक्री गर्दा प्राप्त हुन सक्ने पुँजीगत लाभ समेत कम्पनी सँग शेयरिंग गरी लिन पाउनेछ, अझ रुचिकर कुरा यो हुन्छ की, लगानीकर्ताले शेयर बिक्री गरे पनि कम्पनी सँगको व्यापारिक सम्पत्रि लिज उपहार खरिद करार सम्झौता अवधि सम्म कायम नै रहनेछ , र सो बाट प्राप्त हुने नियमित आमदानी समेत खान पाइरहने छन्, यस प्रकारको बहुआयामिक फाइदामूलक कार्यक्रम हो इक्ष्इद्यक्क् ।
जहाँ एक लगानीबाट लगानीकर्ताले चार प्रकारले आम्दानी आर्जन गर्न सक्नेछन् । र लगानीकर्ताले आर्थिक स्वतन्त्रता अनुभव गर्न सक्षम हुन जान्छन् । कम्पनीले यस प्रकारको कार्यक्रम सक्रियता पूर्वक कार्यान्वयन गरी यस प्लेटफर्म मार्फत नै कम्पनीले आक्रामक लगानी बिस्तारका कार्यहरू मार्फत आफ्ना लक्ष्यहरू पूरा गर्न लाग्दछ ।
२. पूर्वाधार विस्तार र व्यवसाय विविधीकरण कम्पनीले प्रोजेक्ट सोकेस भण्डार (बैङ्क) बनाउने र अन्य पूर्वाधार निर्माणमा प्रवेश गर्ने लक्ष्य राखेको छ टाउन प्लानिङ, टुरिजम रियल स्टेट विकास, रोपवे (केबलकार) डिजाइन–निर्माण, आधुनिक कृषि सामग्री, मल खाद, ऊर्जा र ई–कमर्स जस्ता व्यवसायमा पनि भण्डार मार्फत नै बिस्तार र विविधीकरण गर्ने कार्य गर्दछ ।
३. पुँजी संरचना सुधार र वित्तीय मञ्च कम्पनीले आईपीओ र डिबेञ्चरमार्फत पुँजी जुटाउने योजना अघि बढाइरहेको छ । आईपीओ शेयर सार्वजनिकका लागि प्रक्रिया मा प्रवेश गर्ने निर्णय भइसकेको छ। पुँजी संरचना बलियो बनाउनुपर्ने, ताकि अपेक्षित बृहत् परियोजनाहरूमा लगानी गर्न सकियोस् भन्ने ढङ्गले लाग्ने छ ।
४. सुरक्षा, कर्मचारी विकास, र सामाजिक उत्तरदायित्व
• ‘Zero Accidents’ नीति पालन गरेर कार्यस्थल सुरक्षा सुनिश्चित गर्ने, कर्मचारीका दक्षता र करियर विकासमा लगानी गर्ने लक्ष्य राखिएको छ ।
• पर्यावरण र सामाजिक तत्वप्रति सचेत हुन ‘Going Green’ रणनीतिलाई जोड दिइएको छ ।
• कम्पनीका अधिकृत स्तरका पेशेवर अधिकारीहरू को लागी Employee Sweat Share Ownership Plan (ESRP) “कर्मचारी पसिना शेयर स्वामित्व करण योजना”, र अन्य कर्मचारीहरुको लागी Employee Share Reservation Plan (ESRP) “कर्मचारी शेयर आरक्षण योजना” को कार्यविधि तयार गरी अविलम्ब कार्यान्वयनमा ल्याइनेछ । जसबाट कम्पनी र कर्मचारीहरुको भविष्य सुनिश्चित गर्दछ ।
५. जोखिम व्यवस्थापन र शेयरधनी प्रतिफल
• कम्पनीले जोखिम नियन्त्रणमा विशेष जोड दिन्छ र यसबाट जोखिम–समायोजित प्रतिफल प्राप्त गर्ने रणनीति बनाउने छ ।
• शेयरधनीका लागि आर्थिक लाभप्रति केन्द्रित भएर पुँजी संरचना र विकास रणनीति तयार गरिरहने छ ।
विशेष आह्वान !
प्रिय सम्मानित लगानीकर्ता,
म आशा गर्छु कि, यो आहावानले तपाईंहरुलाई पूर्ण सचेत गराउनेछ ।
हामी तपाईँहरूलाई आर.के.डी. होल्डिंग्स लिमिटेड सँगको एक असाधारण र सम्भावनायुक्त लगानी अवसर प्रस्तुत गर्न पुगेका छौँ। आर.के.डी. होल्डिंग्स लिमिटेड एक अग्रणी तथा बहुआयामिक होल्डिङ कम्पनीको रूपमा स्थापित भएको छ, जसले वास्तविक क्षेत्र रोपवे, पर्यटन, र पूर्वाधार इन्जिनियरिङ, प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन,लगानी तथा परियोजना व्यवस्थापन (EPCIPM) जस्ता उच्च आर्थिक वृद्धिको सम्भावना भएका क्षेत्रहरूमा संलग्न गराउँछ ।
कम्पनीले घरेलु तथा अन्तर्राष्ट्रिय बजार अवसर हरूको अधिकतम उपयोग गर्दै दीर्घकालीन, रणनीतिक र दिगो लगानीहरूमा निरन्तर अग्रसरता देखाउँदै आएको छ । हाम्रो दृष्टिकोण नेपालको आर्थिक विकासमा योगदान र्पुयाउने उद्देश्यका साथ सम्भावनायुक्त क्षेत्रमा वृद्धि र विकासलाई प्रवद्र्धन गर्ने तथा लगानीकर्ताहरूलाई उत्कृष्ट तथा दिगो प्रतिफल प्रदान गर्ने हो।
तपाईँहरूको अटल सहयोग, विश्वास र समर्पण कम्पनीको सफलताको आधारशिला भएको छ। हामी हाम्रा कम्पनीको शेयर धनी एवं सरोकारवालाहरू प्रति गहिरो गरी कृतज्ञ छौँ, जसको कारण ले गर्दा कम्पनीको दृष्टिकोणमा विश्वासका साथ हामीलाई अगाडि बढाउँछ, र हाम्रा बोर्ड सदस्यहरू, जसको रणनीतिक अन्तर्दृष्टि र नेतृत्वले हामीले लिने मार्गलाई विस्तारित आकार दिने गर्दछ ।
म हाम्रो व्यवस्थापन टोली, कर्मचारीहरू, र साझेदारहरूलाई पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु, जसको कडा परिश्रम र प्रतिबद्धताले हामीले हाम्रा लक्ष्यहरू प्राप्त गर्न र हामीले प्रयास गर्ने उच्च मापदण्डहरू कायम राख्ने सुनिश्चित गरेका छौँ। यसर्थ कम्पनीमा ढुक्क का साथ लगानी गर्न र बढाउन आह्वान गर्दछु।
आदरणीय महिला तथा सज्जन वृन्द
कम्पनीको अगाडिको यात्रा सुन्दर प्रतिज्ञाले भरिएकोछ । तपाईँहरूको निरन्तर विश्वासको साथ हामी नयाँ उचाइहरू मापन गर्ने, उद्योगहरूलाई पुनः परिभाषित गर्ने र हामीले सेवा गर्ने समुदायहरूमा स्थायी प्रकारको सकारात्मक प्रभाव छोड्ने हाम्रो क्षमता प्रति विश्वस्त बनेका छौँ । सँगै हामी हाम्रा आकाङ्क्षाहरूलाई उपलब्धिहरूमा परिणत गर्नेछौँ, उत्कृष्टताको विरासत निर्माण गर्नेछौँ जुन आउने पुस्ताहरूका लागि समेत उदाहरणीय रूपमा नै टिकिरहनेछन्।
वार्षिक साधारण सभाको समापन गर्दै गर्दा, म आर.के.डी होल्डिंग्स लिमिटेड अध्यक्षको तर्फबाट हाम्रा आदरणीय शेयर धनीहरू, समर्पित कर्मचारीहरू र विश्वस्त साझेदारहरूप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। तपाईँहरूको अटल विश्वास र निरन्तर सहयोगले हाम्रो प्रगति र लचिलोपनको आधारशिला निर्माण भएको छ ।
आज हामी सबै सँग मिलेर स्पष्ट दृष्टिकोण तय गर्न यस गरिमामय साधारण सभामा सामेल हुन अमूल्य समय निकाल्नु भएकोमा फेरि एक पटक धन्यवाद अर्पण गर्दछु । आउनुहोस् हामी एक फलदायी र अन्तर्दृष्टि बोक्ने बैठकको लागि तत्पर बनौँ र उद्यमशीलताको मौलिक नमुना बन्ने बाटोमा धैर्यतापूर्वक लागेर सफलता हासिल गर्ने भरपर्दो बाटो तय गरौँ । हामी सबै मिलेर आत्मविश्वास, एकता र समृद्ध भविष्यको साझा दृष्टिकोणका साथ अगाडि बढौँ ।
आशावाद, दृढ सङ्कल्प र असाधारण सम्भावनाहरू सिर्जना गर्ने साहसका साथ हामी मिलेर अगाडि बढौँ ।
सुरक्षित यात्रा र आपसी सफलताको अभिन्न अङ्ग भएकोमा फेरि पनि धन्यवाद ।
जय आर.के.डी. !
रामचन्द्र शर्मा
अध्यक्ष
आर.के.डी होल्डिंग्स लिमिटेड
